काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले वृद्धि भएको इन्धनको मूल्य फिर्ता लिन माग गरेको छ । फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी उसले दिएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाअभियानका संयोजक दुर्गा प्रसाईंले एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । उनले महाअभियानको विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन हुने जानकारी दिए ।

उनले विद्यार्थी संगठन खारेज गर्ने आँट नगर्न सरकारलाई चेतावनी समेत दिए । ‘विद्यार्थी संगठन किन चाहिने रहेछ भन्दा आवाज उठाउन चाहिने रहेछ,’ उनले भने ।

विगतमा दुई रुपैयाँ मूल्यवृद्धि हुँदासमेत आन्दोलन भएको स्मरण गर्दै उनले आज एक सय रुपैयाँ बढ्दासमेत कुनै विद्यार्थी संगठन नबोलेको आरोप लगाए ।