काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक समूहतर्फको शेयर विक्रीमा ल्याएको हो ।

बैंकले विद्यमान संस्थापक सेयर धनी रवीन्द्रमान सिंह प्रधानको नाममा रहेको १४ लाख ४४ हजार ८४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य १०६ रुपैयाँ तोकिएको छ।

उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्नेछन्।

तोकिएको समयभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।