काठमाडौं। चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूले सुनचाँदीमा ८३ अर्ब ८२ करोड ८० लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कार्तिक मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले सो रकम लगानी गरेका हुन्।

यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ४५.६६ प्रतिशतले बढी हो। गत वर्षको कार्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले सुनचाँदीमा ५७ अर्ब ५४ करोड ८० लाख रुपैयाँ लगानी गरेका थिए। बैंकअनुसार, नेपाल बैंकले कार्तिक मसान्तसम्म सुनचाँदीमा ४० अर्ब ३१ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६०.८४ प्रतिशतले वृद्धि हो। गत वर्ष बैंकले २४ अर्ब ८७ करोड ६ लाख रुपैयाँ लगानी गरेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले २९ अर्ब ४३ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनामा ३६.३१ प्रतिशतले बढी हो। सोही अवधिमा यस बैंकले २१ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ लगानी गरेको थियो। नबिल बैंकको सुनचाँदीमा लगानी २२६.५१ प्रतिशतले बढेर २ अर्ब २५ करोड ४६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले ६९ करोड ५ लाख रुपैयाँ मात्र लगानी गरेको थियो।

कार्तिक मसान्तसम्म अन्य बैंकहरूको लगानी निम्नानुसार छ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: २ अर्ब ७७ करोड ८९ लाख

एनआईसी एशिया बैंक: १ करोड १५ लाख

माछापुच्छ्रे बैंक: २३ करोड ४ लाख

कुमारी बैंक: ४६ लाख

लक्ष्मी सनराइज बैंक: ७९ करोड ३७ लाख

सिद्वार्थ बैंक: १ करोड ४५ लाख

कृषि विकास बैंक: ३९ लाख

सिटिजन्स बैंक: ६९ करोड ४२ लाख

प्राइम बैंक: ७ अर्ब ५९ करोड २८ लाख