काठमाडौँ। सर्लाही–४ मा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायम गरेका छन्। उनले नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै अघि बढेका हुन्।
हालसम्मको मतपरिणामअनुसार अमरेश कुमार सिंहले १ हजार ९०८ मत प्राप्त गरेका छन् भने गगन थापाले ५३६ मत मात्रै पाएका छन्। यसैगरी उक्त क्षेत्रमा नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत प्राप्त गरेका छन्।






