काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिले पार्टीको राजनीति व्यक्तीगत स्वार्थ केन्द्रित हुने हो भने पुराना दलहरूको भन्दा पनि नराम्रो हविगत हुन सक्ने चेतावनी दिएका छन्। पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको अवसरमा उनले यस्तो बताएका हुन्।
उनले भने, “यो ‘म’ केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन भने हाम्रो हविगत पूराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर हुन्छ । पार्टी र सरकारमा मेरो स्थिति के हुन्छ, म कहाँ हुन्छु भन्ने सोचबाट माथि उठ्न जरुरी छ।”
साथै उनले नयाँ निर्वाचित सांसदहरूलाई नागरिकले दिएको दुई तिहाइ जनादेशलाई चुनौतीको रूपमा लिन र सक्रिय नेतृत्व प्रदर्शन गर्न आग्रह गरे।
“नागरिकले हाम्रो सरकारलाई दुई तिहाइ समर्थन दिए, तर यसलाई चुनौतीको रूपमा बुझ्नुपर्छ। पुराना दलहरूलाई ३६ वर्ष कुर्नुपर्यो, हामीलाई ३६ दिन पनि प्रतिक्षा गर्ने कोही छैनन्,” उनले थपे।







