काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि स्वीकृत बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गर्न सुरु गरेको जनाएको छ।

बैंकले सार्वजनिक सूचना जारी गर्दै पुस २१ गते सम्पन्न २४औँ वार्षिक साधारणसभाबाट अनुमोदित ५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा पठाइएको जानकारी दिएको हो।

उक्त बोनस सेयर चैत १८ गतेदेखि क्रमशः डिम्याट खातामा जम्मा गर्न थालिएको बैंकले जनाएको छ।