काठमाडौँ। धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास क्षेत्रीय कार्यालयका टोलीले बिहीबार बिहान लालगढबाट उनलाई घुससहित पक्राउ गरेको जनाएको छ।
अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारी साधन रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने विषयमा उजुरी प्राप्त भएपछि निरीक्षण गर्दै आएको टोलीले निगरानीका क्रममा ४० हजार रुपैयाँ घुससहित अधिकारीलाई पक्राउ गरेको हो।
अख्तियारले उनीमाथि थप अनुसन्धान जारी राखिरहेको जनाएको छ।







