काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार १०.६२ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।

आइतबार ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

उक्त दिन सबैभन्दा बढी शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ४१ करोड ६४ लाख १७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा सोनापुर मिनरल्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको आज २३ करोड ७ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन अपर तामाकोशी हाइड्रोपावरको १३ करोड ७८ लाख ९१ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको ११ करोड २६ लाख २८ हजार रुपैयाँ र गुर्खाज फाइनान्सको १० करोड ५७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको हो ।