काठमाडौं । मंगलबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक ९.२४ अंकले घट्दै २७७७.१० अंकमा झरेको छ।

आज कुल १ करोड १८ लाख ७२ हजार कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका आधारमा ६९ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १९० कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कालिन्चोक हाइड्रोपावरको सेयर ९.२३ प्रतिशत, कुथेली बुखेरी स्मल हाइड्रोपावरको ६ प्रतिशत र त्रिशूली जलविद्युतको सेयर ५.८६ प्रतिशतले बढेको देखिएको छ।