काठमाडौं । नेपाली सेयर बजार बिहीबार दोहोरो अंकले घटेको छ । बजार परिसूचक नेप्से १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा झरेको छ।
आज कुल ८९ लाख ५५ हजार कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको लेनदेन भएको छ ।
बजारमा ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबारतर्फ आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ, जसको कारोबार १७ करोड ७२ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।
त्यसैगरी रिडी पावरको १५ करोड ७ लाख, बुंगल हाइड्रोको १३ करोड ५९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ३९ लाख र फस्र्ट माइक्रोफाइनान्सको ११ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज नेप्से घट्दा पनि बुंगल हाइड्रो लिमिटेडले सर्वाधिक आम्दानी गरेको छ । त्यसपछि क्रमशः प्रभु बैंक लिमिटेड, लक्ष्मी बैंक, माछापुच्छ«े बैंक, एभरेष्ट बैंक, स्वाभिमान लघुवीत्त वित्तीय संस्था, बोटलर्स नेपाल, निफ्रा ऊर्जा ऋणपत्र, एनआइसी एसिया ग्रोथ फण्ड २ र हिमालयन बैंकले आम्दानी गरेको छ ।







