काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोध जारी रहँदा प्रतिनिधिसभाले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक पारित गरेको छ।

बैठकको सुरुवातदेखि नै विपक्षी सांसदहरूले अवरोध गरे पनि सभामुख डोलप्रसाद अर्यालले संसद सञ्चालन जारी राखेका थिए। सोही क्रममा उनले उक्त विधेयकलाई पारित भएको घोषणा गरेका हुन्।

यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक अनुमोदनका लागि सदनमा प्रस्तुत गरेका थिए। त्यसपछि सभामुखले निर्णयका लागि प्रस्ताव राख्दा बहुमतले समर्थन जनाएको थियो।

अवरोधकै अवस्थामासमेत विधेयक पारित भएपछि संसदको कार्यशैलीबारे राजनीतिक बहस थप चर्किने संकेत देखिएको छ।