काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीका लागि सार्वजनिक आह्वान गरेको छ।

बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १९ हजार ७८९ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको जनाएको छ। उक्त सेयर खरिदका लागि हालका संस्थापक सेयरधनीहरू मात्रै योग्य रहनेछन्।

इच्छुक संस्थापकहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ।

सेयरको मूल्य भने सम्बन्धित बिक्रेताले निर्धारण गरेअनुसार हुनेछ।

बैंकका अनुसार तोकिएको समयसीमाभित्र संस्थापकहरूबाट माग नआएमा बाँकी सेयर अन्य लगानीकर्तालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।