काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि यही जेठ १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांशको घोषणा गरेको छ ।





