• Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
खाता खोल्नुहोस्
खाता खोल्नुहोस्
स्वागत छ! खाताको लागि दर्ता गर्नुहोस्
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Aarthik Voice
  • Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
Everest Bank Card

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढ्ने संकेत, बजेटमार्फत निर्णय हुने सम्भावना

Aarthik voice

Aarthik voice

१२ जेष्ठ २०८३, मंगलवार ०९:५१

220 Shares

facebook sharing button Share twitter sharing button whatsapp sharing button linkedin sharing button messenger sharing button

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी थालेको छ। लगातार तीन वर्षसम्म तलब पुनरावलोकन नभएको र बजारमा महँगी बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै सरकारले तलब समायोजनको गृहकार्य अघि बढाएको हो।

निजामती सेवा ऐनअनुसार कर्मचारीको तलब तथा भत्ता प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था भए पनि पछिल्ला तीन वर्षदेखि तलब वृद्धि गरिएको छैन। यसअघि आर्थिक वर्ष २०७९/८० मा कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा भने महँगी भत्ता तीन हजार रुपैयाँबाट बढाएर पाँच हजार रुपैयाँ पुर्‍याइएको थियो।

अर्थ मन्त्रालयले पनि आगामी बजेटमार्फत कर्मचारीको तलब वृद्धि हुन सक्ने संकेत दिएको छ। मन्त्रालयका प्रवक्ता अमृत लम्सालले नयाँ सरकार गठन भइसकेको अवस्थामा कर्मचारीको अपेक्षा र राज्यको आर्थिक अवस्थालाई ध्यानमा राखेर उपयुक्त निर्णय हुन सक्ने बताएका छन्।

सरकारले हाल २२ वटा मन्त्रालयलाई घटाएर १८ वटामा सीमित गरेको छ। साथै करिब ६ सय सरकारी कार्यालय खारेज गर्ने तयारी पनि भइरहेको छ। यसबाट प्रशासनिक खर्चमा कटौती भई बचत भएको रकम कर्मचारीको तलब वृद्धिमा प्रयोग गर्न सकिने आन्तरिक निष्कर्ष निकालिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयका अनुसार तलब पुनरावलोकन समितिले सरकारलाई सुझाव दिएको भए पनि अन्तिम निर्णय भने राज्यको आर्थिक अवस्थालाई आधार मानेर गरिनेछ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले समितिको बैठक बसेको पुष्टि गरे पनि सिफारिसका विषय सार्वजनिक नभएको बताएका छन्।

मुख्य सचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको तलब तथा भत्ता पुनरावलोकन समितिले महँगी, बजार मूल्य र राजस्व वृद्धिलाई आधार बनाएर सरकारलाई सुझाव दिएको जनाइएको छ। यद्यपि हालसम्म तलब वृद्धि सम्बन्धी औपचारिक निर्णय भने भइसकेको छैन।

हाल निजामती सेवामा कार्यालय सहयोगीको मासिक तलब २४ हजार ७०२ रुपैयाँदेखि मुख्य सचिवको ७७ हजार २११ रुपैयाँसम्म रहेको छ। कर्मचारीहरूले आधारभूत तलब कम्तीमा ३८ हजार ८६२ रुपैयाँ पुर्‍याउनुपर्ने माग गर्दै आएका छन्। साथै स्वास्थ्य, आवास, सामाजिक सुरक्षा, पेन्सन तथा डिजिटल प्रशासन सुधारका माग पनि उठाउँदै आएका छन्।



एक उत्तर छोड्न उत्तर रद्द

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
तपाईले गलत ईमेल ठेगाना प्रविष्ट गर्नुभएको छ!
कृपया तपाईंको इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्

स्पेसल-न्युज

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको एक वर्षः सङ्क्षिप्त लेखाजोखा

सम्पत्ति व्यवस्थापन कम्पनीमा प्रचार बढी, काम कम : यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

सेन्ट्रलाइज्ड केवाईसी कार्यान्वयन चरणमा, पटक-पटक फारम भर्नुपर्ने झन्झट अन्त्य हुँदै

डिजिटल मुद्रा ल्याउन केन्द्रीय बैंकको तयारी कस्तो छ ? यस्ता छन् सीबीडीसीका फाइदाहरू

लाइसेन्स खारेजपछि स्मार्ट टेलिकमको सम्पत्ति कसको ? बैंक र प्राधिकरणबीच कानुनी टकराव

नीति तथा कार्यक्रममा सबै सम्पतिको अनिवार्य बीमा गर्ने नीति ल्याउन बीमाविद्को सुझाव

ताजा

  • आज सुन–चाँदी दुबैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • आत्मरक्षाको दाबी गर्दै युद्धविरामकै बीच दक्षिणी इरानमा अमेरिकी हमला
  • सानिगाड हाइड्रोको आईपीओ मिति सर्‍यो, १० देखि २० हजार कित्तासम्म आवेदन गर्न पाइने
  • स्नो रिभर्सको आईपीओ आज बाँडफाँड हुँदै
  • साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
  • यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
  • जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
  • पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

ट्रेन्डिङ

  • बीमा प्राधिकरणले गर्यो ६ इन्स्योरेन्स कम्पनीलाई २/२ लाख जरिवाना
  • तीनपिप्लेमा अतिक्रमित संरचना भत्काइयो, “हेलो सरकार” मा उजुरी परेपछि मात्र अन्य संरचना हटाइने
  • सरकारी कर्मचारीको तलब वृद्धि तयारी अन्तिम चरणमा, कति प्रतिशतसम्म बढ्न सक्छ ?
  • सन नेपाल लाइफद्वारा एएमएल/सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न
  • सिटिजन लाइफले प्राप्त गर्यो ‘बेस्ट लाइफ इन्स्योरेन्स’ अन्तर्राष्ट्रिय अवार्ड
  • लोकतन्त्र स्थापनाको १९ वर्ष पूरा: जनतामा अझै भएन लोकतन्त्रको प्रत्याभूति
  • बैंकको अधिक तरलता उपयोग गर्न पीपीपी मोडेल आवश्यक : अर्थविद् खनाल
  • नेपालमा “खरानी पार्टी” घोषणा

Facebook Page

Facebook

शेयर

  • सानिगाड हाइड्रोको आईपीओ मिति सर्‍यो, १० देखि २० हजार कित्तासम्म आवेदन गर्न पाइने
  • स्नो रिभर्सको आईपीओ आज बाँडफाँड हुँदै
  • साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
  • सेयर बजार हरियालीतर्फ, अधिकांश कम्पनीको मूल्यमा वृद्धि
  • स्वाभिमान लघुवित्तले लाभांश योजना फिर्ता लियो, यस वर्ष कुनै वितरण नहुने
  • १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर
  • एभरेष्ट कलरको आईपीओ जेठ २२ बाट खुल्ने, सर्वसाधारणका लागि ६.५५ लाख कित्ता
  • मेरो किसानले आईपीओ निष्कासन गर्ने

आर्थिक भ्वाइस मिडिया एण्ड रिसर्च प्रा.लि.

सूचना विभाग दर्ता नम्बर:४००४-२०७९/८०

सम्पर्क ठेगाना : अनामनगर, काठमाडौं

फोन : 9851259881

[email protected](for Admin)

[email protected]( for News)

सञ्चालक/सम्पादक:
बिजय फुयाँल

डेक्स:
केशव राज अवस्थी

सल्लाहकार:
ई. प्रवीण अर्याल

सह-सम्पादक:
जसिन्द्र श्रीपाली

रिपोर्टर:
शिव गौतम

दिनेश अधिकारी

© Copyright © 2023 | Aarthikvoice