काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको मूल्यमा एक पछाडि अर्को कीर्तिमानी , के कारण बढेको छ सुनको मूल्य ?