काठमाडौँ। अछाम र दैलेख जिल्लाको सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने  कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १३ वटा खच्चड अलपत्र अवस्थामा अड्किएका छन् ।

पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । अक्षामको पन्चदेवल नगरपालिका वडा नं. ९बाट दैलेखको आठबीस नगरपालिका वडा नं.४ खिड्कीजीउलामा चामल लिन आएको १३ वटा खच्चडमध्येमा १२ वटा झोलुङ्गे पुलको एक भागमा अड्किएको छ एउटा खोलामा खसेर घाइते बनेको खच्चडलाई सकुशल उद्धार गरिएको हो आर्थिक भ्वाईलाई जिल्ला प्रशासन कार्यालय, दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

उनका अनुसार पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबिच आउजाउ समेत बन्द भएको छ। पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ।

जिल्ला प्रशासन कार्यालय दैलेखका घटनाबारे जानकारी आए लगत्तै उद्धारका लागि टोली खटाइएको र गृह मन्त्रालय सहित सम्बन्धित सबै निकायमा उक्त विषयमा जानकारी गराई सकिएको कोइरालाको भनाई छ ।  ‘सबै सुरक्षा निकाय, उद्धारका निमित्त जाँदै गरेको र केही मिनेटमा उक्त स्थानमा पुगिने उनको भनाई छ ।