काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा आज सम्पन्न भएको छ। काठमाडौँको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा उक्त सभा सम्पन्न भएको हो ।
सभाले कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता शेयर बराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको हो । सभा प्रयोजनार्थ कम्पनीले जेठ २५ गते एक दिन बुक क्लोज गरिसकेको थियो ।






