काठमाडौँ । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको तुलनामा ७.२९ प्रशितले बृद्धि भएको छ ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनासम्मममा १ खर्ब ३३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब २४ अर्ब रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका थिए ।
तथ्यांक अनुसार नेपाल लाइफले सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको यस्तो बीमा शुल्क आर्जन ९ प्रतिशतले वृद्धि भई ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले १५ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । एलआइसी नेपालले १५ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले १४ अर्ब ६४ करोड, सुर्यज्योति लाइफले ८ अर्ब ६८ लाख, एशियन लाइफले ७ अर्ब २ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ९५ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ३२ करोड, सिटिजन लाइफले ५ अर्ब २९ करोड, मेट लाइफले ५ अर्ब ८ करोड, आइएमई लाइफले ४ अर्ब ४ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ७१ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड र सन नेपाल लाइफले ३ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफ बाहेक सबै कम्पनीले गत आवको तुलनामा व्यवसाय बृद्धि गरेका छन् ।








