काठमाडौँ । नबिल बैंक लिमिटेडले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्नेहरूको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ६६ जना ऋणीको नाम सार्वजनिक गरेको हो।
एक सूचना जारी गर्दै बैंकले क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गर्दा पनि नटेरेपछि सूचना निकालेको हो ।
क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीन पुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंकले उल्लेख गरेको छ। सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम थप प्रक्रिया अगाडि बढाइने बैंकले जानकारी दिएको छ ।








