काठमाडौँ । साताको दोस्रो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । पछिल्लो दुई दिनको समयमा बजारमा लगातार रूपमा ठुलो मात्रामा गिरावट आएको हो ।

एमाले र कांग्रेसको बिचमा देखिन थालेको मनमुटाबको कारण सरकारको ढल्ने हल्लाका कारण बजारमा गिरावट आएको केही जानकारहरूको भनाइ छ । अस्थिर राजनीतिक परिप्रेक्ष्यले लगानीकर्ताको आत्मबल कमजोर पर्न जाँदा बजारमा गिरावट आएको सम्भावित कारण बनेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.९९ अकंले घटेर २६३९.९२ बिन्दुमा कायम भएको छ। आज ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसूचकमा राताम्य लागेको छ। आज बैंकिङ समूहको २.३० प्रतिशत, विकास बैंक समूहको १.७८ प्रतिशत, फाइनान्स समूहको ३.३८ प्रतिशत, जीवन बीमा समूहको २.१५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको १ करोड ३७ लाख १५ हजार १५२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।