काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित रहेको उल्लेख गरेका छन् । साथै नेपालले जलवायु परिवर्तनको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा राखेको समेत बताएका छन्।

विश्व बैंक र कोलम्बियाले संयुक्त रूपमा आयोजना गरेको जैविक विविधता तथा प्राकृतिक वित्तसम्बन्धी उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालको जल सम्पदा र प्राकृतिक विविधता संरक्षणमा चुनौती थपिएको बताए ।

उनले जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान रहे पनि जलवायुजन्य समस्याबाट आफ्नो देश प्रभावित भएकाले वातावरणमैत्री अन्तर्राष्ट्रिय कोषको सहज पहुँचका लागि अन्तर्राष्ट्रिय निकायलाई आग्रह गरे ।