काठमाडौँ । ललितपुर महानगरपालिकाले ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना हटाएको छ ।
महानगरले डोजर र नगर प्रहरीहरू परिचालन गरी राष्ट्रिय सहकारी विकास बोर्ड सँगैको अनधिकृत संरचना भत्काएको हो।
अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको र उक्त सूचना राष्ट्रिय सहकारी विकास बोर्डलाई पटक पटक जानकारी गराउँदा समेत बेवास्ता गरेको कारण महानगरको टोलीले अनधिकृत संरचना भत्काएको हो ।







