काठमाडौँ । समता घरेलु लघुवित्तको एफपीओ कात्तिक ३० गते शुक्रवार बाँडफाँट हुने भएको छ। शुक्रवार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल,काठमाडौँमा उक्त एफपीओ बाँडफाँट गर्ने तयारी भएको छ ।
मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको यस समता घरेलुको एफपीओको आवेदन परको मध्यमा दब्बलको संख्यामा हात खालि हुने भएको छ । यसर्थ गोला प्रथाबाट एफपीओ बाँडफाँट हुनेछ।
यसमा १४ लाख ४२ हजार ४२० जनाले कुल २ करोड १३ लाख ८ हजार ५७० कित्ताको लागि आवेदन दिएका छन्। जसमा ३५ हजार ९० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ७ हजार ३३० जनाको भने हात खाली हुनेछ ।
लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४।२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।







