काठमाण्डौ। आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ एक समारोहका बीच बाँडफाँड भएको छ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकबाट १ करोड ९६ लाख ९६ हजार १८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।

यसमध्ये १ करोड ९६ लाख ६८ हजार २२० कित्ता सेयर खरिदका लागि परेको १३ लाख ४७ हजार ५१३ आवेदन सदर भएको छ । सदर भएका आवेदकहरुलाई ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर बाँडफाँड गरिएको छ।

कुल आवेदकमध्ये ३५ हजार ९० जनालाई १० कित्ताका दरले ३ लाख ५० हजार ९ सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको ४ कित्ता सेयर ५ जना लाई थप वितरण गरिएको छ । जसमध्ये ४ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.२५ कित्ता सेयर बाँडफाँड गरिएको छ।

यसरी बाँकी १३ लाख १२ हजार ४१८ जना आवेदकको हात खालि भएको छ । संस्थाले गत कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो।