काठमाडौँ। सिद्धार्थ केबलकार लिमिटेडले हकप्रद निष्कासन गर्ने जनाएको छ । कम्पनीले पुस ४ गतेदेखि १ः१२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६७ लाख ५० हजार कित्ता हकप्रद मंसिर १५ गतेसम्म कायम साबिकका संस्थापक सेयर धनीहरूका लागि जारी गर्न लागेको जनाएको छ ।

हकप्रद खरिदका लागि माघ ७ गतेसम्म आवेदन दिई सक्नुपर्ने छ । हकप्रदका लागि बुटवलमा रहेको कम्पनीको कार्यालयमा दरखास्त बुझाउन सकिने कम्पनीले जनाएको छ।