काठमाडौँ। ६ वटा हाइड्रोपावर कम्पनीले नेपाल धितो पत्र बोर्डमा हकप्रद निष्कासनका लागि अनुमति माग गरेका छन् ।

वाराही हाइड्रोपावर, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर ले बोर्डसँग हकप्रद निष्कासनका लागि अनुमति मागेका हुन् ।

पिपुल्स पावरले चुक्तापुँजीको ५० प्रतिशत र बाँकी ५ वटा कम्पनीले शतप्रतिशत हकप्रद ल्याउनका लागि सेबोनसँग अनुमति मागेका हुन् । वाराही हाइड्रो र पिपुल्स पावरले जेठ २४ गते, दोर्दी खोलाले असार ९ गते, राप्ती हाइड्रोले असार ११ गते, रिभर फल्सले असार १२ गते र शिव श्री हाइड्रोले असार २४ गते बोर्डमा निवेदन दिएका छन् ।

वाराही हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता, बाराहीले ३१ लाख ६३ हजार कित्ता, दोर्दी खोलाले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता, राप्ती हाइड्रोले ६१ लाख २७ हजार ९३८ कित्ता, रिभर फल्सले ७० लाख कित्ता र शिवश्री हाइड्रोपावरले १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई जारी गर्न बोर्डसँग अनुमति माग गरेका छन् ।