काठमाडौँ। एफपीओ निष्कासनका लागि विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अनुमति सहित निवेदन दिएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ६६ लाख ८१ हजार रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासनका लागि बोर्डमा
अनुमति माग गरेको हो ।
कम्पनीको १५औँ वार्षिक साधारण सभाले एफपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो। एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।







