काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले पुस २३ गतेदेखि बिक्रीमा राखेको हो।

यो सेयर खरिदका लागि योग्य जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ४५० रुपैयाँ कायम भएको छ। सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।

शेयर गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र अर्थात् माघ २८ गते बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङमा आवेदन पेश गर्नुपर्ने संस्थाले जनाएको छ।