काठमाडौँ। गत आर्थिक वर्षको मुनाफाबाट समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई कुल ५.२६३१५७९० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीले घोषणा गरेको उक्त लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ। कम्पनीको चुक्ता पुँजी हाल ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको छ।

साथै पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश जारी गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने र आगामी वार्षिक साधारणभामा पारितका लागि पेश गर्ने निर्णय गरेको जनाएको छ ।