काठमाडौँ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले आगामी महिना चैत ११ गतेका लागि आफ्नो १५औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा पोखरा–१७ स्थित घारीपाटनमा बिहान ११ बजे बस्नेछ।
उक्त , सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ४.२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यस अन्तर्गत ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२११ नगद लाभांश वितरण गर्ने तयारी भएको कम्पनीले उल्लेख गरेको छ ।
यद्यपि, प्रमुख निर्णय भने हकप्रद शेयरको प्रस्ताव निष्कासनको हो। बोनस शेयर जारी गरेपछि कम्पनीले शतप्रतिशत हकप्रद शेयर (१ः१ अनुपातमा) जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ।
साथै, सभाले अन्य वित्तीय निर्णयहरू पनि लिनेछ जसमा गत आवका वित्तीय विवरण अनुमोदन, चालू आवका लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ।
कम्पनीले फागुन २३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस निर्णय अनुसार, फागुन २२ गतेसम्म कायम शेयर धनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन्।






