काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
आवेदन परेको मध्येमा १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।
जसअनुसार १ लाख ४७ हजार ६०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
यसरी हेर्नुहोस् आईपीओको नतिजाः
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://nmbcl.com.np/ipo
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login







