काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो दुई–पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लुफेस्ट’ आजबाट काठमाण्डौको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ।सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे। कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनैपनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ।
अविश्वसनीय एक्सचेन्ज अफरहरू:
- कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्नुहोस्,
- कुनै पनि यामाहा बाइक वा स्कुटरमा रु. ५०,००० को मिनिमम भ्यालुएसन,
- अन्य कुनै पनि ब्रान्डमा रू. २५,००० न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य),
- एक्सचेन्जमा अतिरिक्त रु. १०,००० मूल्याङ्कन बोनस,
- कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिंग,
- यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १,००,००० सम्म नगद छुट:
- थ्रिल अफ थ्री विज्ञापन सेयर गरी रु. १,००० जित्नुहोस्,
- विज्ञापनको स्क्रिनसट देखाई रु. ५०,००० सम्म नगद छुट जित्नुहोस्,
- यामाहा खरिद गर्नुहोस् गरी रु. १,००,००० सम्म नगद छुट जित्नुहोस् ।
बाइक बाहेकका आकर्षणहरू:
- डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका पाउनुहोस्।
- कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गर्नुहोस् र रोमाञ्चक उपहारहरू घर लैजानुहोस्।
- गेमिङ जोन – एक्शन-प्याक फन र प्रतियोगिताहरूमा डुब्नुहोस्।
- फेस पेन्टिंग
- महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान पर्फर्मेन्सहरूको आनन्द लिनुहोस्।
- फ्री एक्सेसरिज
- यस बाहेक पनि अन्य धेरै कुराहरू







