काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार लघुवित्तको नाफामा आकर्षक सुधार भएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यस लघुवित्तले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १४८.३७ प्रतिशत बढी हो । लघुवित्तले गत वर्षको सोही अवधिमा १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
साथै, लघुवित्तको खुद ब्याज आम्दानी ७७.४७ प्रतिशतले बढेर ८ करोड ७२ लाख रुपैयाँ पुगेपछि खुद नाफामा पनि आकर्षक सुधार भएको हो। कम्पनीको सञ्चालन नाफा २४९.२८ प्रतिशतले बढेर ४ करोड ६५ लाख रुपैयाँमा पुगेको छ ।
चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको सपोर्टको जगेडा कोषमा ६ करोड ४६ लाख रुपैयाँ जम्मा छ । नाफा बढेपछि यसको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ९ पैसाले बढेर ३३ रुपैयाँ ३७ पैसा पुगेको छ ।
त्यस्तै, प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७९ पैसा छ । खराब कर्जा भने सामान्य बढेर १.६४ प्रतिशत पुगेको प्रकाशित विवरणमा उल्लेख छ ।







