काठमाडौं । डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा १३औँ नम्बरमा पेशी परेको उक्त मुद्दा सोमबार पनि हेर्न नभ्याइने सूचीमा राखिएको हो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाको तर्फबाट शुक्रबार दायर गरिएको पूरक निवेदनको सुनुवाइका लागि आइतबार पेशी तोकिएको थियो । तर सो रिट आइतबार हेर्न नभ्याइने सूचीमै परेको थियो ।