काठमाडौँ। नेपालमा चालु आर्थिक वर्षका पहिलो ८ महिनामा १४ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ। चालु आवको ८ महिनामा १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार यस वर्षको हालसम्मको अवधिमा रेमिट्यान्समा ३७.७ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स ९.५ प्रतिशतले बढेको थियो।
गत फागुन महिनामा मात्रै विप्रेषण आप्रवाह रु.१ खर्ब ८८ अर्ब ६४ करोड रुपैँया रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर रु.१५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११४९ अर्ब ३० करोड रहेको थियो ।







