काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ । आइतबार बिजुली बजार–नयाँ बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

सो क्रममा आन्दोलनकारी शिक्षकहरु सडक पेटीका ढुंगा टिप्दै प्रहरीमाथि प्रहार गरेका थिए । प्रहरीले नियन्त्रण गर्न पानीको फोहरा हानेको छ । शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक काठमाडौंमा २७ दिनदेखि आन्दोलित छन् ।