काठमाडौं । आज २५६९औँ बुद्ध जयन्ती । यस अवसरमा दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको ।

बुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै आज बैंक वित्तीय संस्था र शेयर बजार तथा सरकारी कार्यालय बन्द रहने भएको छ ।

साताको पहिलो कारोबारका दिन आइतबार दोहोरो अंकको गिरावट आएर ११.५३ विन्दुले घटेको शेयर बजार अब मङ्गलवार मात्रै खुला हुने भएको छ । त्यस्तै, आज बैंक वित्तीय संस्था समेत बन्द  हुने भएका छन् । केही बैंकहरुले भने ग्राहकको सेवालाई मध्यनजर गर्दै निश्चित समयका लागि विभिन्न शाखाबाट आफ्नो सेवा दिने भएका छन् ।