काठमाडौँ । वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ३८ अर्ब ४१ अर्ब रुपैयाँ नाघेको छ । चैत महिनासम्मको तथ्यांकलाइ आधार मानेर हेर्दा वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा रहेको छ।
उक्त ग्लोबल बैंकको ५ अर्ब ९९ करोड बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । त्यस्तै ५ अर्ब १४ रुपैयाँ सहित हिमालयन बैंक दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थनामा रहेको एनआइसी एसिया बैंकको ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, सबैभन्दा कम नेपाल बैंकमा २० करोड बराबरको यस्तो सम्पत्ति रहेको छ । गत वर्ष बैंकको गैरबैंकिङ सम्पत्ति १८ करोड बराबर रहेको थियो । भने स्टान्डर्ड चार्टर्ड बैंकको यस्तो सम्पत्ति शून्य छ ।
चैत महिनासम्मको अवधिमा प्रतिशतको आधारमा हेर्दा एसबीआई सबैभन्दा अग्र भागमा रहेको छ भने हिमालयन बैंक र एडिबिएल दोस्रो र तेस्रो स्थानमा रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्तिको थुप्रो चुलिदै गएको देखाएको छ। चुलिँदो गैरबैंकिङ सम्पत्ति निकै बढेकाले बैंकरहरु हैरानीमा रहेका छन् ।
‘बढ्दो गैरबैंकिङ सम्पत्तिको सकार्न पछिल्लो समय बैंकहरुलाई हम्मे हम्मे परेको देखिन्छ । ‘यसले बैंकहरुको खराब कर्जा बढेको छ । साथै यसको प्रत्यक्ष असर बैंकहरुको नाफामा पर्न गई समग्र अर्थतन्त्रमा आएको मन्दीको असरका कारण उक्त समस्या चुलिएको बैंक तथा वित्तीय विश्लेषकहरूको धारणा छ ।








