काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रयमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिसम्ममा १ अर्ब १४ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।

यो रकम कम्पनीले अघिल्लो आवमा आर्जन गरेको तुलनामा १३.८५ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २५.५१ प्रतिशतले घटेर १ अर्ब ८९ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा भने कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । अघिल्लो आवमा १ करोड १७ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर २ करोड १० लाख पुगेको छ ।

यस अवधिसम्ममा कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको निक्षेप संकलन ८२ करोड ९८ लाख रुपैयाँबाट बढेर ७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि २० अर्ब ८६ करोडबाट बढेर २४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोषमा ४ अर्ब ७ करोड रुपैयाँको सञ्चित छ ।

चौथो त्रयमास सम्ममा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६१.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.८८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५९.९६ गुणा,तरलता अनुपात १४६।९२ प्रतिशत र इक्युटिमा प्रतिफल ४.४९ प्रतिशत कायम भएको छ ।