काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासित शतप्रतिशत हकप्रद सेयर साउन १८ गते बाँडफाँड भएको हो ।
कम्पनीले गत जेठ ४ गतेसम्म कायम सयेरधनीका लागि असार १६ गतेदेखि साउन ११ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु १०० अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर बाँडफाँड भएको जनाएको छ ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका सेयरधनीहरुलाई ३५ लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ४ लाख १८ हजार ७३८ कित्ता सेयर भने अवितरित रहेको छ ।






