काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ५८ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ।
यस समिक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ६ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २१.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीको खुद बीमाुशल्क आर्जन ४ अर्ब १ करोड ३९ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको कुल आम्दानी २० प्रतिशतले बढेर पनि ७ अर्ब १८ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आवको यसै अवधिमा कम्पनीको कुल आम्दानी ५ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार ४२.९७ प्रतिशतले वृद्धि भएर १३ अर्ब १० करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीको जीवन बीमाकोषमा ९ अर्ब १६ करोड रहेको थियो ।
यस अवधिमा कम्पनीले जगेडा कोषमा ६५ करोड ५४ लाख रुपैयाँ संचिती गरेको छ भने महाविपत्ती कोष ३२.१४ प्रतिशतले वृद्धि भई २५ करोड ५३ लाख रुपैयाँ सञ्चिती रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर ११.६७ रुपैयाँ कायम भएको छ ।







