काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका ४३ जना अभिकर्ताहरु अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) २०२५ को सदस्य बन्न सफल भएका छन् ।
सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी आइएमइका ४२ जना एमडीआरटी र १ जना सीओटी हुन सफल भएका हुन् ।
जस अनुसार कोशी प्रदेश बाट २० जना, मधेस प्रदेश बाट २ जना, बागमती प्रदेश बाट सीओटी समेत गरी ११ जना, गण्डकी प्रदेश बाट २ जना, लुम्बिनी प्रदेश बाट ४ जना र सुदुर पश्चिम प्रदेश बाट ५ जना गरी जम्मा ४३ जना एमडीआरटीको सदस्यमा छनौट भएका हुन ।







