काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को असार महिनामा १०७ बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीले विभिन्न बीमा योजना अन्तर्गत उक्त अवधिमा कुल ४ करोड ८५ लाख ७८ हजार ६२५.९२ रुपैयाँ भुक्तानी गरेको हो। कम्पनीका अनुसार असार महिनामा परेका दाबीमध्ये २३ वटा ‘कनभेन्सनल पोलिसी’ अन्तर्गत परेका थिए, जसअन्तर्गत १ करोड ८० लाख ३० हजार ३२७ रुपैयाँ १५ पैसा भुक्तानी गरिएको छ।

त्यसैगरी, ‘टर्म पोलिसी’ अन्तर्गत ६० दाबी परेका थिए, जसअन्तर्गत ६७ लाख ६६ हजार ७६४ रुपैयाँ ९० पैसा भुक्तानी गरिएको छ।
साथै, वैदेशिक रोजगारी बीमा अन्तर्गत २४ दाबी परेका थिए, जसअन्तर्गत २ करोड ३७ लाख ८१ हजार ५३३ रुपैयाँ ८७ पैसा भुक्तानी गरिएको छ।