काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीमा बीमा दाबी भुक्तानीको लागि निवेदन दिएका बीमितहरुलाई चाँडो आवश्यक कागजात पेश गरी दाबी भुक्तानीका लागि सहयोग गरिदिन बीमितहरुलाई अनुरोध गरेको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै बीमा दाबीको लागि निवेदन दर्ता गरेका तर कम्पनीले माग गरे बमोजिमको आवश्यक कागजात उपलब्ध नगराएका वा सम्पर्कमा नआएका आम बीमितहरुलाई सक्दो चाँडो सम्पर्कमा ल्याई कागजात पेश गरेर दाबी फर्छ्यौटमा सहयोग गरिदिन आग्रह आग्रह गरेको हो ।
जीवन बीमा कम्पनीहरूको भिडमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छिटो, छरितो बीमा दाबी भुक्तानी गर्दै मार्सिक रूपमा करोडौँ रुपैयाँको दाबी भुक्तानी गर्दै आएको छ । साथै कम्पनीले आम बीमीतको विश्वास कायम गर्न सफल बनेको छ ।








