काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रकेको छ ।
कम्पनीले साउन ६ गतेदेखि हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाखको ३४.७८३ प्रतिशतले हुन आउने रकम बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले १०ः३.४७८३ अनुपातमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्काशन गरेको थियो ।
हकप्रद प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । त्यसैले जेठ २९ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।






