काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिमा १४ जनाको आवेदन परेको छ । गत साउन २३ गते आवेदन आव्हान भएपछि प्राप्त दरखास्त मध्ये १४ जनाको विवरण सार्वजनिक गरिएको हो ।
सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन दिनेमा घनश्याम बुढाथोकी (ललितपुर), चिरन्जीवी पाण्डे (काठमाडौं), पारस काफ्ले (भक्तपुर), विष्णुबाबु मिश्र (काठमाडौं), बुद्दराज श्रेष्ठ (काठमाडौं), डा. दामोदर बसौला (कास्की), चिन्तामणि शिवाकोटी शिवाकोटी (काठमाडौं), ज्ञानेन्द्र अधिकारी (झापा), देवकुमार ढकाल (मोरङ), प्रा.डा. दिपकबहादुर भण्डारी (लम्जुङ), खगेन्द्र पौडेल (काठमाडौं), यज्ञप्रसाद न्यौपाने (दाङ), रमेशकुमार भट्टराई (काठमाडौं) र महेन्द्र न्यौपाने (भक्तपुर) रहेका छन्।
सिफारिस समितिले आवश्यक छानबिनपछि योग्य उम्मेदवारको नाम अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ । त्यसपछि नेपाल सरकारको निर्णयअनुसार बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्त हुनेछ ।







