काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। कम्पनीले माघ २७ गते नेपाल धितोपत्र बोर्डबाट १००ः१० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्राप्त गरेको हो।

यस स्वीकृतिसँगै कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। हकप्रद सेयरको अंकित दर रु. १०० कायम गरिएको छ।

कम्पनीको हकप्रद निष्कासन र बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। यसले लगानीकर्ताहरूलाई आफ्नो शेयर अनुपात कायम राख्दै थप शेयर हासिल गर्ने अवसर प्रदान गर्नेछ।