काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको कार्यालय सञ्चालन खर्चमा सामान्य गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले कार्यालय सञ्चालन खर्च शीर्षकमा कुल १८ अर्ब २ करोड २७ लाख रुपैयाँ खर्च गरेका छन्।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९९ प्रतिशतले कम हो। गत आवको पुस मसान्तसम्म यस्तो खर्च १८ अर्ब २० करोड ८० लाख रुपैयाँ रहेको थियो। बैंक अनुसार हेर्दा नेपाल बैंक लिमिटेडले ६५ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ, जुन गत वर्षको ६४ करोड ७४ लाखको तुलनामा ०.८२ प्रतिशतले बढी हो।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ९१ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको ९५ करोड ७७ लाखको तुलनामा ४.३० प्रतिशतले कम हो। नबिल बैंकले भने १ अर्ब २३ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ, जुन गत वर्षको १ अर्ब २० करोड ९३ लाखको तुलनामा १.९३ प्रतिशतले बढी हो।
त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २७ करोड २६ लाख रुपैयाँ खर्च गर्दा स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले ३७ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ। हिमालयन बैंकले १ अर्ब ४ करोड ५ लाख, नेपाल एसबीआई बैंकले ५३ करोड १२ लाख र एभरेष्ट बैंकले ८० करोड ७८ लाख रुपैयाँ खर्च गरेका छन्।
यस्तै, एनआईसी एसिया बैंकले १ अर्ब १२ करोड ५१ लाख, माछापुच्छ्रे बैंकले ६२ करोड ९७ लाख र कुमारी बैंकले ८६ करोड ७७ लाख रुपैयाँ खर्च गरेका छन्। पुस मसान्तसम्म लक्ष्मी सनराइज बैंकले १ अर्ब २४ करोड ९७ लाख, सिद्वार्थ बैंकले १ अर्ब १२ करोड ६ लाख र कृषि विकास बैंकले ७६ करोड १७ लाख रुपैयाँ खर्च गरेका छन्। ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी १ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ खर्च गर्दा सिटिजन्स बैंक इन्टरनेशनलले ६९ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ।
त्यस्तै, प्राइम कमर्शियल बैंकले ५३ करोड ५७ लाख, एनएमबी बैंकले ८५ करोड ६१ लाख, प्रभु बैंकले १ अर्ब ५ करोड ८८ लाख र सानिमा बैंकले ६७ करोड ७४ लाख रुपैयाँ कार्यालय सञ्चालनमा खर्च गरेका छन्। समग्रमा चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा वाणिज्य बैंकहरूको प्रशासनिक खर्चमा हल्का कमी देखिएको छ। केही बैंकहरूले खर्च घटाएका छन् भने केहीले अघिल्लो वर्षको तुलनामा वृद्धि गरेका छन्।








