काठमाडौँ। गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम मतगणनाका अनुसार उनी र अन्य प्रमुख प्रतिद्वन्द्वीबीच ठूलो मतान्तर देखिएको हो।

सुधन गुरुङले कुल २९,८९६ मत प्राप्त गरेका छन्, भने उनका नजिकका प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५,३९८ मत पाएका छन्।

तेस्रो स्थानमा नेकपाका हरिराज अधिकारी रहे, जसले ११,१२४ मत पाएका छन्। एमालेका रामचन्द्र लामिछाने चौथो स्थानमा रहे र उनी ३,७३२ मतमा सिमित रहेका छन्।