काठमाडौं। चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर फागुन महिनाको तुलनामा केही घटेको देखिएको छ।
कुल २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले भने फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंक रहेका छन्।
बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर यसप्रकार रहेको छः








